Friday, May 20, 2016

यस्तो घडि जसले धेरै खर्च गर्ने मानिसलाई झट्का दिन्छ

  

tab

अहिलेसम्म घडीको मुख्य काम भनेकै समय बताउने हो भन्ने बुझिएको थियो । तर हुँदा हुँदा घडीले काम अब केवल समयमा मात्र सिमिति रहेन । अब घडीले मानिसले गर्ने खर्चमा समेत नियन्त्रण गरिदिनेछ ।
एक बेलायती कम्पनी इन्टेलिजेन्ट इनभारोमेन्टले एउटा यस्तो घडी बनाएको छ जसले मानिसलाई बढि खर्च गरेमा झट्का दिन्छ ।
स्मार्ट प्रविधिद्धारा यो घडीलाई सम्बन्धित मानिसको बैंक अकाउन्ट सँग जोडिनेछ । बैंक अकाउण्टसँग जोडिएपनि मानिसले बैंकको अकाउन्टबाट धेरै पैसा निकाल्दा २ सय ५५ भोल्टको करेन्टको झट्का मानिसको नाडीमा दिन्छ ।
त्यस्तै बैंकको अकाउन्टमा निश्चित सिमाभन्दा रकम कम हुन गएमा पनि यसले झट्का दिन्छ ।
यो घडीको नाम पावलोक लिस्टब्याण्ड राखिएको छ । अर्को रोचक कुरा त के भने यो स्मार्ट घडीलाई स्मार्ट मिटरसँग पनि जोड्न सकिन्छ । यसो गरियो भने धेरै बिजुली खर्च गर्दा चेतावनी मिल्नेछ ।
कम्पनीका मुख्य कार्यकारी अधिर्कत डेभिड वेबरले भनेका छन् ; तपाइँ आफ्नो वित्तिय स्वास्थ्यमा हुने बदलावलाई लिएर के प्रतिक्रिया दिनुहुन्छ यो घडी उसैसँग जोडिएको छ । संकल्प शक्ति हुनु आवश्यक छ, तर यो सबैसँग भने हुँदैन ।
उनका अनुसार कसैलाई जतिधेरै खर्च गर्दा पनि करेन्टको झट्का नखाइयोस् भन्ने लाग्छ भने यो घडीमा रहेको झट्का हान्ने अप्सनलाई अफ गर्न सक्छन् 
www.online khabar.comwww.onlinekhabar.com

No comments:

Post a Comment