मलाई मनपर्यो


            पशुपति प्रसाद’ र ‘छायाँः स्याडोज् डन्ट ह्याभ फेसेज’ 






गरेको छ। बोर्डले २०७२ बैशाख १ देखि २०७२ चैत्र मसान्तभित्र केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच पास भएका नेपाली फिल्महरुलाई विशेष चलचित्र छनोटको लागि आवेदन  आह्वान गरेको थियो। 
बोर्डद्वारा जारी प्रेस विज्ञप्तीमा ‘विशेष चलचित्र छनोट कार्यविधि, २०७२’ को मापदण्ड अनुसार आवेदनमा परेका फिल्महरुमध्येबाट यी दुई फिल्मलाई बोर्डले विशेष फिल्मका लागि छानेको जनाइएको छ। टुकी आर्टस् प्रा.लि.द्वारा निर्मित पशुपति प्रसाद दीपेन्द्र के. खनाल निर्देशित फिल्म हो भने ‘भोइस अफ चिल्ड्रन’द्वारा निर्मित छायाँः स्याडोज् डन्ट ह्याभ फेसेजलाई मनोज पण्डितले निर्देशन गरेका हुन्।
यस्तै विकास बोर्डले ‘चलचित्र मञ्च, २०७२’ स्मारिकासमेत सार्वजनिक गरेको छ। बोर्डबाट नियमित रुपमा प्रकाशित हुँदै आएको ‘चलचित्र मञ्च’ मा बोर्डबाट हालसम्म सम्पादित मुख्य–मुख्य काम, २०६२ सालदेखि २०७२ सम्म आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान सम्बन्धि विवरण, बोर्डबाट छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली, राष्ट्रिय चलचित्र नीति, २०७१, बोर्ड स्थापनादेखि हालसम्मका कार्यसमिति पदाधिकारीहरूको नामावली, २०७२ सालमा सार्वजनिक प्रदर्शन भएका स्वदेशी तथा विदेशी फिल्महरूको विवरण, विदेशी फिल्म निर्माताले नेपालमा फिल्म छायाङ्कन सम्बन्धी विवरण, फिल्मसम्बन्धि लेख तथा रचनालगायत सामग्रीहरु रहेका छन्।
साथै, स्नातक तहमा फिल्मसम्बन्धि अध्यापन गराउने नेपालको एक मात्र  कलेज ओस्कार इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज) मा अध्ययन गर्ने विद्यार्थीहरूलाई विगत २०६१ सालदेखि हालसम्म निरन्तर रुपमा व्यवस्था गर्दै आएको छात्रवृत्तिमा पनि संशोधन गरेको छ। बोर्डले सुरुका वर्षमा तीन जनालाई छात्रवृत्ति दिन्थ्यो भने २०६४ देखि महिला, दलित, जनजाति तथा खुल्ला गरी पाँच जनालाई छात्रवृत्तिको व्यवस्था गर्दै आएको थियो।
‘छात्रवृत्ति छनोट निर्देशिका, २०६४’ संशोधनपछि महिलाका लागि सुविधा बढाइएको छ। अब भने खुलातर्फ पाँच जना र आरक्षणतर्फ पाँच जनामध्ये दुईवटा आरक्षण महिलाका लागि मात्र हुनेछ। बाँकी तीन आरक्षण आदिवासी जनजाति, मधेशी तथा दलितका लागि छुट्याइएको छ। बोर्डले हालसम्म ५६ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिसकेको छ।
बोर्डले अन्तर्राष्ट्रियस्तरमा समेत फिल्मसम्बन्धि अध्ययन गर्न चाहनेका लागिसमेत छात्रवृत्तिको पहल गरिरहेको जनाएको छ। 
यस्तै आउँदो असार १६ गते बोर्डका वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिने जनाइएको छ।

No comments:

Post a Comment